संक्षिप्त परिचय

१. पृष्ठभूमि
नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वागमती अञ्चलको आठ जिल्लामध्ये एक ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमध्ये दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्धहरूको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तुप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, रातो मत्सेन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरू एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र दह, विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।

<< ललितपुर जिल्लाको गा.वि.स र नगरपालिकाको विवरण>>

<<नागरिक वडापत्र >>

२. भौगोलिक स्थिति
नेपालको मानचित्रमा ललितपूर जिल्लाको फैलावट २७०.२२” देखि २८०.५०” उत्तरी अक्षांश र ८५०.१४” देखि ८५०.२६” पुर्वी देशान्तरसम्म रहेको छ । यस जिल्ला समून्द्र सतहदेखि ४५७ मिटर उचाईदेखि २८३१ मिटरसम्म रहेको छ । यस जिल्लाको भु–धरातलमध्ये करिव एक तिहाई भाग उपत्यका भित्र र दूई तिहाई भाग पहाड तथा दूर्गम क्षेत्रमा पर्दछ । यस जिल्लाका दूर्गम स्थानहरुमा ठुलादुर्लुंग, कालेश्वर, प्यूटार, आश्राङ, गिम्दी, चन्दनपूर आद पर्दछन् ।

३. भौगोलिक सिमाना
ललितपुर जिल्लाको पूर्वमा काभ्रेपलान्चोक, पश्चिममा काठमाडौं, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लाहरूसँग सिमाना जोडिएको छ । यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि.मी. रहेको छ ।

४. जिल्लाको राजनैतिक विभाजन

निर्वाचन क्षेत्र नं इलाका नं गा.वि.स / न.पा.
कार्यविनायक न.पा. १,२,३,४,५ उ.म.न.पा १,२,३,१०,२६ र २७
कार्यविनायक न.पा. ६,७,८,९,१०,११,१२ र १३
बज्रवाराही न.पा. १,२,३ उ.म.न.पा ४,१३,२०,२१,२३,२४ र २५
गोदावरी न.पा, १०,११ र १२ उ.म.न.पा ५,१३,१५,२८,२९ र ३०
माहांलक्ष्मी न.पा. १५,१६,१७,१८ र १९ उ.म.न पा १६,१८,१९ २२
माहांलक्ष्मी न.पा. १२,१३ र १४ उ.म.न.पा. ६,१२ र १७
माहांलक्ष्मी न.पा. ९,१०, र ११ उ.म.न.पा. ७,८,९ र ११
माहांलक्ष्मी न.पा १,२,३,४,५,६,७ र ८
गोदावरी न.पा.१,२,३,४,५,६,७,८ र ९  वर्जवाराही न.पा.१,२ र ३
१० बज्रबाराही न.पा. ८,९,१०,११,१२,१३ १४,१५,१६ र १७
कार्यविनायक न.पा.१४,१५,१६,१७,१८ र देविचौर, घुसेल गा.वि.स
११ मानीखेल,गोटिखेल, वुखेल,भारदेउ,चौघरे र नल्लु
११ भट्टेडाडा, माल्टा, शंखु, दलचोकी र इकुडोल
१३ आश्राङ,गिम्दी,ठुलादुलुड.,चन्दनपुर,कालेश्वर र प्यूटार

५. राजनैतिक तथा प्रशासनिक व्यवस्था
यस जिल्लामा एक वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका, १९ वटा गा.वि. स, १३ वटा ईलाका र ३ वटा संसदीय निर्वाचन क्षेत्र रहेका छन् ।

६. भू–उपयोग
यस जिल्लाको कूल क्षेत्रफल ३८५ वर्ग कि.मी. (९९.२% भाग मध्ये पहाडी र ०.८% भाग सिवालिक क्षेत्र) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल १५२.९६ वर्ग कि.मी., वनजंगलले ढाकेको भू–भाग १९७.९७ वर्ग कि.मी. र बाँकी ३४.०७ वर्ग कि.मी. भाग चरन झाडी तथा घाँसले ढाकेको छ । खेतियोग्य भूमिमध्ये सिंचित क्षेत्र ६६.२५ वर्ग कि.मी., आकासे पानीमा निर्भर ८६.७१ वर्ग कि.मी. र सिंचाईको सम्भाव्य क्षेत्रफल ८८.६८ वर्ग कि.मी. रहेको छ । यस जिल्लाको खाद्यान्न वालीहरूमा धान, मकै, गहुँ, कोदो, फापर, जौ, भटमास, केराउ, आलु र फलफूल वालीमा स्याउ, ओखर, नासपाति, सुन्तला, केरा, कागती, कफि, आदिको खेती गरिन्छ । यहाँको वनजंगल भेगमा साल, बाँस, कटुस, निगालो, चिलाउने, उत्तिस, कपुर, काइयो, पैंयूँ आदि वनस्पति छ । यहाँको वनजंगलमा बाघ, भालु, बदेल, हरिण, चितुवा, मृग, जस्ता जनावर लगायत नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर (Spiny Babblar), कालिज, तित्रा, भद्राई, बट्टाई, ढुकुर, जस्ता पंक्षीहरू रहेका छन् ।

७. जलवायू
यस जिल्लाको औषत अधिकतम् तापक्रम २३.६० सेल्सियस छ भने न्युनतम् तापक्रम १०.७० सेल्सियस रहेको छ । यस जिल्लाको वार्षिक वर्षा सरदर  १२३२.६ मि.मि. रहेको छ। यस जिल्लाको हावापानी समशितोष्ण खालको रहेको तथा औषत सापेक्षिक आद्रता ५० देखि ८० प्रतिशत रहेको छ । जिल्लाको भौेगोलिक धरातलीय अवस्था अनूसार ललितपूर जिल्लामा मुख्यतयाः तीन प्रकारको हावापानी पाइन्छ ।

  •  सम–उष्ण प्रदेशीय हावापानी (Sub Tropical Climate)
    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने समूद्र सतह भन्दा १००० मिटर माथिसम्म रहेको भू–भाग विशेषतयाः जलाधार क्षेत्रको खोंचहरूमा यस प्रकारको हावापानी पाइन्छ । यस क्षेत्रमा वार्षिक सरदर औषत तापक्रम २० डिग्री सेल्सियस रहन्छ ।
  • न्यानो समशितोष्ण हावापानी (Warm Temperature Climate) 
    ललितपुर जिल्लाको महाभारत पर्वत श्रृंखलाको १००० दखि २००० मिटरसम्मको भू–भागमा यस प्रकारको हावापानी पाइन्छ । वार्षिक सरदर औषत तापक्रम १५ देखि २० डिग्री सेल्सियस रहेको छ भने यस क्षेत्रमा सरदर वार्षिक वर्षा २०००देखि २४०० मी.मी. रहेको छ ।
  • ठण्डा समसितोष्ण हावापानी (Cool Temperature Climate)
    यस प्रकारको हावापानी विशेषतयाः महाभारत पर्वत श्रृंखलाको उच्च भू–भाग अर्थात २००० मी. भन्दा उचाईको क्षेत्रमा पाइन्छ । वार्षिक सरदर औषत तापक्रम १० देखि १५ डिग्री सेल्सियस रहने यो क्षेत्रमा वार्षिक वर्षा भने १३०० देखि २००० मी.मी. रहेको छ ।

८. जलभण्डार

जलभण्डार वा जलस्र्रोतको हिसावले ललितपुर जिल्लामा नदीनालाहरु प्रचूर मात्रामा रहेको छ । वागमती, गोदावरी, नख्खु, खानी खोला, कोड्कु, टुङगुन, ठोटने, दुर्लुङ्ग, मनोहरा आदि यस जिल्लाका प्रमुख नदी तथा खोलाहरु हुन् । जिल्ला भरि जम्मा ६५ वटा नदी तथा खोलाहरु रहेका छन् भने तिनीहरुको कूल लम्वाई ३१४.९ कि.मी. रहेको छ । जिल्लाको उत्तर, पश्चिम र दक्षिण सिमाना हुंदै बग्ने नदी वागमतीलाई गोदावरी, कोड्कु, नख्खु खोला र दुलुङ्ग गरी ६ वटा प्रमुख उप-प्रणालीमा बांड्न सकिन्छ ।

यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने लूभु खोला यसको प्रमुख सहायक खोला रहेको छ । भागावन डाँडाको उत्तरी भेगबाट प्रवाहित हुने कोड्कु खोला जसलाई कर्मनासा खोला पनि भनेर चिनिन्छ, सो खोलाले २८.७५ वर्ग कि.मी. ठाउँ ओगटेको छ । नख्खु खोलाले ५४.८५ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने यसको प्रमुख सहायक खोलाहरुमा लेले र नल्लु खोलाहरु पर्दछन् ।

महाभारत पर्वत श्रृंखलाको दक्षिणी पाखोमा प्रवाहित हुने खानीखोलाले ११३.३८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने यसका २० वटा सहायक खोलाहरु रहेका छन् । ठिप्चे, ठोसने र टुङ्गुन खोलाहरु यसका प्रमुख सहायक खोलाहरु हुन् । जिल्लाको दक्षिण-पूर्वी भेगमा प्रवाहित हुने दुर्लुङ्ग खोलाले चर्चेको   भू-भाग २७.१९ वर्ग कि.मी. मात्र रहेको छ भने यसका ६ वटा सहायक खोलाहरु रहेका छन् ।

यस जिल्लामा रहेका अन्य जलभण्डारका स्रोतहरु ताल तथा पोखरीहरुमा ग्वालीन दह, कटुवाल दह, गोदावरी कुण्ड, नाग दह, बोझे पोखरी र सरस्वती कुण्ड रहेका छन् ।

९. जनसंख्या
यस जिल्लाको जनसंख्या २०६८ सालको जनगणना अनुसार जम्मा ४,६८,१३२ रहेकोमा महिला २,३०,०५० (४९.१४%) र पुरुष २,३८,०८२ (५०.८६%) छन् । विगत १० वर्षको अन्तरालमा जनसंख्या १,३०,३४७ वृद्धि भएको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ३.२६% रहेको छ भने लैङ्गिक अनुपात १०३.५ रहेको छ । यस जिल्लाको जनघनत्व १२१६ व्यक्ति/वर्ग कि.मी. रहेको छ । यहाँको घरधुरी संख्या १,०९,७९७ रहेको छ भने औषत घर परिवार संख्या ४.२६ रहेको छ । यहाँको जनसंख्या नेपालको जनसंख्याको १.७७% रहेको छ ।यस जिल्लाको जनसंख्या प्रवृत्ति निम्न तालिका अनुसार रहेको छ ।

वर्ष (सन्) जम्मा महिला पूरूष
१९५२/५४ १३३,७४३ (प्राप्त नभएको) (प्राप्त नभएको)
१९६१ १४५,३०१ ७२,४२१ ७२,८८०
१९७१ १५४,९९८ ७६,३६९ ७८,६२९
१९८१ १८४,३४१ ८६,६६३ ९७,६७८
१९९१ २५७,०८६ १२६,७६० १३०,३२६
२००१ ३३७,७८५ १६५,३३० १७२,४५५
२०११ ४६८,१३२ २३०,०५० २३८,०८२

जनसंख्या स्थिति

गा०वि०स०/ न०पा० अनुसारको जनसंख्या विवरण

क्र० स० विवरण      घर धुरी           जनसंख्या
संख्या प्रतिशत पुरुष महिला कुल जनसख्या प्रतिशत
ललितपुर उमनपा ६२,८९३ ५७.२८ १,३०,५५६ १,२३,७५२ २५४,३०८ ५४.३२
महांलक्ष्मी नगर पालिका १४,९३० १३.६० ३१,०७१ ३१,१०१ ६२,१७२ १३.२८
गोदावरी नगरपालिका ६७३९ ६.१४ १४,१६८ १४,६२५ २८,७९३ ६.१५
कार्यविनायक नगरपालिका ८,९८९ ८.१९ १९,००१ १९,०३५ ३८,०३६ ८.१३
 वज्रवाही नपा ८८२० ८.०३ १९०७३ २०१३० ३९२०३ ८.३४
देवीचौर ५७७ ०.५३ १,४०८ १,४७५ २,८८३ ०.६२
शंखु ४६२ ०.४२ १,१०९ १,१६८ २,२७७ ०.४९
गिम्दी ४६१ ०.४२ १,१५६ १,१४३ २,२९९ ०.४९
नल्लु ४६० ०.४२ १,०२१ १,१५० २,१७१ ०.४६
१० भारदेव ४३० ०.३९ १,०३४ १,१७६ २,२१० ०.४७
११ भट्टेडाँडा ४२९ ०.३९ १,०२० १,०३७ २,०५७ ०.४४
१२ गोटीखेल ४०३ ०.३७ ८८७ ९६८ १,८५५ ०.४०
१३ मानिखेल ३९६ ०.३६ ९४२ १,००५ १,९४७ ०.४२
१४ इकुडोल ३८७ ०.३५ ९३५ ९४३ १,८७८ ०.४०
१५ प्युटार ३८२ ०.३५ ९९२ १,०६४ २,०५६ ०.४४
१६ चौघरे ३८० ०.३५ ८९५ ९८९ १,८८४ ०.४०
१७ माल्टा ३७० ०.३४ ९१९ ९१९ १,८३८ ०.३९
१८ बुखेल ३३४ ०.३० ८१३ ८८४ १,६९७ ०.३६
१९ घुसेल ३०८ ०.२८ ७४३ ७६७ १,५१० ०.३२
२० कालेश्वर २९६ ०.२७ ६९२ ७१२ १,४०४ ०.३०
२१ ठुलादुर्लुङ् 2९१ ०.२७ ७१८ ७६१ १,४७९ ०.३२
२२ आश्राङ २७७ ०.२५ ६८९ ७२२ १,४११ ०.३०
२३ दलचोकी २६९ ०.२४ ५३७ ६३० १,१६७ ०.२५
२४ चन्दनपुर २२२ ०.२० ५३१ ५४० १,०७१ ०.२३
२५ संस्थागत २९२ ०.२७ ७,१७२ ३,३५४ १०,५२६ २.२५
  कुल ,०९,७९७ १००.०० २३८,०८२ २३०,०५० ४६८,१३२ १००.००

स्रोतः राष्ट्रिय जनगणना २०६८

१०. यातायात

यस जिल्लाको पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ । जिल्लाको सदरमुकामदेखि लामाटार ९ कि.मी., चापागाउँ ७ कि.मी. र गोदावरी ७ कि.मी., लेले– चन्द्रनपूर ३८ कि.मी., सातदोबाटो–गोदावारी–फूलचौंकी १७.१० कि.मी., नख्खु पूल–रिङरोड–बुङमति– छम्पी–टिकाभैरव ७.७० कि.मी. ग्वार्को–इमाडोल–सिद्धीपूर–लुभु–लामाटार–मानेदोभान सडक ९.५० कि.मी., खुमलटार खत्रीगाउँरोड ५ कि.मी. पक्किबाटो निर्माण  एका छन् । पहाडमा ग्रभिल तथा धुले बाटाहरू निर्माण भएकाछन् हिउंदमा मात्र यस्ता सडकहरूमा सवारी साधन चल्नुका साथै वर्षायाम्मा बाढी पहिरोको कारण यातायातमा अवरोध उत्पन्न भैरहेको छ । यस जिल्लामा  १२८.४३ कि.मी. कालो पत्र सडक रहेको छ भने २०५.५८ कि.मी ग्राभेल सडक र करिव २३३.८८ कि.मी. कच्ची सडक गरी जम्मा ५६८.१६ कि.मी. सडक संचालनमा रहेका छन् । यस जिल्लामा पक्की पुल १२ र अन्य झोलुङ्गे पुल ४३ रहेका छन् ।

११. शैक्षिक गतिविधि
यस जिल्लाको शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरू उपलब्ध छन् र दुर्गम भेगमा तुलनात्मक रुपमा कमी देखिन्छ । यस जिल्ला पूर्ण साक्षर घोषित जिल्ला हो । उच्च शिक्षातर्फ पनि यस जिल्ला अग्रपंक्तीमा रहेको छ । खुद भर्नादर ९३% रहेका छन् भने कुल भर्नादर ११०% रहेका छन् ।

यस जिल्लाको शैक्षिक गतिविधि यस प्रकार छ ।

शैक्षिक विवरण

क्र.स. विद्यालयको किसिम विद्यालयको संख्या विद्यार्थी विवरण
सामूदायिक संस्थागत सामूदायिक संस्थागत
पुर्व प्रा.वि. ३०३ २६७ ४३६३ २६९६४
प्रा.वि. ९० ७४ १४८०९ ३४७०१
नि.मा.वि. ३२ ४५ ९२८० १८४५८
मा.वि. ३९ २०५ ५४५१ १२२७४
उ.मा.वि ३५ ५६ २६६१ (प्राप्त नभएको)

१२. क्याम्पस
यस जिल्लामा धेरै कलेज तथा क्याम्पसहरू रहेका छन् । ती मध्ये त्रिभुवन विश्वविद्यालयतर्फ पुल्चोक क्याम्पस (इन्जिनियरिङ्ग अध्ययन संस्थान) र पाटन संयुक्त क्याम्पस रहेका छन् ।

१३. स्वास्थ्य सेवा
यस ललितपुर जिल्लामा राष्ट्रिय/केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी १५ वटा भन्दा बढी अस्पताल रहेका छन् । प्रा.स्वा.केन्द्र ४, हेल्थपोष्ट ३८, आयुर्वेद औषधालय २, युनानी औषधालय १, होमियोप्याथिक अस्पताल १, जिल्ला आयुर्वेद केन्द्र १ रहेका छन् ।

१४. हुलाक सेवा
यस ललितपुर जिल्लामा १ जिल्ला हुलाक, ९ ईलाका हुलाक कार्यालय र ३६ अतिरिक्त हुलाक गरी जम्मा ४६ वटा हुलाक कार्यालय सञ्चालित छन् तथा ३ वटा हुलाक कार्यालयमा बचत बैंक सेवा लागू भएको छ । वैदेशिक द्रुत सेवा जिल्ला हुलाक कार्यालय ललितपुरबाट सञ्चालित भइरहेको छ ।

१५. विद्युत सेवा
ल.पु. उपमहानगरपालिका, ३ वटा न.पा. तथा २३ वटै गा.वि.स.मा केन्द्रिय लाईनबाट विद्युत सेवा विस्तार भएतापनि उपत्यका बाहेकका अधिकांश गा.वि.स.हरूका घरधुरीहरूमा विद्युत सेवा पुग्न सकेको छैन । यसको लागि पोलिङकार्य जारी नै छ । त्यसै गरी पहाडका केही गा.वि.स.हरूमा साना जलविद्युत, सोलार, आदि बाट पनि विद्युत सेवा उपभोग गरीरहेका छन् ।


Skip to toolbar